
सुनकुडा नमुना माध्यमिक विद्यालयले मंसिर १५ गते आफ्नो स्थापना इतिहासमै पहिलोपटक भव्य बार्षिक उत्सव मनाउने भएको छ। विद्यालयले जारी गरेको सूचनाअनुसार, विशेष सांस्कृतिक तथा शैक्षिक कार्यक्रमसहित उत्सव सोमबार भव्यताका साथ सम्पन्न गरिनेछ। यस ऐतिहासिक अवसरलाई लिएर विद्यार्थी, शिक्षक र अभिभावकमा विशेष उत्साह देखिएको विद्यालयले जनाएको छ।
उत्सवका मुख्य आकर्षणमा देउडा, नाटक, कविता, दोहोरी, छलिया, भस्सो, बाजा–गाजा लगायत स्थानीय कला–संस्कृतिले भरिएका विविध प्रस्तुती रहने छन्। साथै विद्यालयका प्रतिभाशाली विद्यार्थी तथा भूतपूर्व विद्यार्थीहरूले आफ्नो सीप, कला र रचनात्मकता प्रस्तुत गर्नेछन्।
यस वर्षको विशेष आकर्षण भनेको जिल्लास्तरीय विज्ञान प्रदर्शनी हो। बझाङका विभिन्न विद्यालयका विद्यार्थीहरूले नवीनतम वैज्ञानिक उपकरण, मोडेल र खोजमूलक परियोजनाहरू प्रदर्शन गर्नेछन्। यसबारे विद्यालयका प्रध्यानाध्यापक मदन बमले भन्नुभयो–
“हाम्रो विद्यालयले गुणस्तरीय शिक्षासँगै व्यवहारिक सीपलाई प्राथमिकता दिएको छ। बार्षिक उत्सवमा समावेश विज्ञान प्रदर्शनीले विद्यार्थीको क्षमता पहिचान गर्न मद्दत गर्नेछ र विज्ञानप्रतिको रुचि अझ बढाउनेछ।”
यसबाहेक विद्यालयले हालै सञ्चालन गर्दै आएको खेल सप्ताह अन्तर्गत विद्यार्थीहरू विभिन्न खेलकुद प्रतियोगितामा सहभागी हुँदै आएका छन्।
विद्यालयले यस वर्षको बार्षिक उत्सवलाई सहभागीमूलक, व्यवस्थित र प्रेरणादायी रूपमा प्रस्तुत गर्ने लक्ष्य अघि सारेको छ।
On Mangsir 15, Shree Sunkuda Secondary School will celebrate its first-ever grand annual festival in school history. According to the school’s announcement, the event will be held with special cultural and educational programs, creating excitement among students, teachers, and parents.
Highlights of the Festival
-
Cultural Performances: Deuda, drama, poetry, dohori, chhaliya, bhasso, and traditional music showcasing local art and culture.
-
Student Talent: Creative presentations by current and former students in arts and skills.
-
Science Exhibition: District-level science fair featuring innovative models, devices, and research projects from Bajhang schools.
-
Sports Week: Students participating in various competitions as part of the ongoing sports program.
Purpose and Vision
Principal Madan Bam emphasized that the festival integrates quality education with practical skills. The science exhibition, in particular, will help identify student potential and foster greater interest in science.
The school aims to make this year’s celebration participatory, well-organized, and inspiring, strengthening the bond between education, culture, and community.
