संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
बित्थडचिर गा.पा. वडा न. ९ स्थीत यो सुनकुडा माध्यमिक विद्यालय नेपाल सरकार द्वारा समय समयमा निर्माण गरि कार्यान्वयनमा ल्याइएका शिक्षा ऐन तथा नियमावलि बाट तोकिएको परिधि भित्र रहि समय समयमा बिभिन्न तहको स्वीकृति एवम सम्बन्धन प्रप्त गरी बिभिन्न समयाबधिमा बिभिन्न चरण पार गर्दै स्थापित एक सेवामुलक अथवा नाफा रहित सामुदायिक माध्यामिक विद्यालय हो। यस विद्यालयमा पुर्बप्राथमिक कक्षा देखि १२ सम्मको औपचारीक शिक्षाको कार्यक्रम संचालनमा रहनुका साथै बि.स. २०७६ सालको शैक्षिक सत्र देखि प्रबिधिक धार Computer Engineering (९-१२) पनि सुरू गरी हाल निरन्तर रूपमा पठनपाठन कार्य संचालन भईरहेको छ। यस विद्यालयलाई बि.स. २०७४/०३/२९ गते नेपाल सरकार शिक्षा मन्त्रालयवाट नमुना विद्यालय अन्तर्गत छनोट गरी विद्यालयको शैक्षिक र भौतिक गुणस्तर विकासकालागि नेपाल सरकार शिक्षा मन्त्रालयले प्रत्येक वर्ष निश्चित रकम अनुदान गर्ने गरको छ, र सोहि वमोजिम हामिले विद्यालयका लच्छित पक्षहरूलाई सुधारात्मक दिशातिर अगाडी बढायका छौँ। बझाङ जिल्लाको यस वित्थडचिर क्षेत्रमा हाल पाँच वटा माध्यामिक विद्यालय र दर्जनौ प्रा.बि. एवम नि.मा.वि सञ्चालनमा छन् भने यस सुनकुडा मा.बि को सुरूको अवस्थाको सुनकुडा प्राइमरी स्कुल स्थापन हुनु पुर्व यस वृहत क्षेत्रमा एक पनि विद्यालय थिएन जसको कारण यहाँका जनताहरू शिक्षाको उज्यालो बाट पुर्ण रूपमा बञ्चित थिए।