आदरणीय अभिभावक, विद्यार्थी/पूर्व विद्यार्थी, शिक्षकवर्ग तथा शुभचिन्तकज्यूहरु नमस्कार ।
सुनकुडा माध्यमिक विद्यालय परिवारको तर्फबाट यहाँहरु जो जहाँ भए पनि हार्दिक स्वागत गर्दछु ।हाम्रो विद्यालयले पनि वेवसाइटको तर्फबाट सरोकारवाला सबैलाई जोड्ने प्रयास गरेको छ । विद्यालयसित सम्बन्धित सूचना/कार्यक्रम/विज्ञापन/ जानकारी गरिने आधिकारिक वेभसाइट हो ।
हामी आधुनिक शिक्षण पद्धतिहरुको प्रयोग गरी विद्यार्थी वर्गको शैक्षिक बौद्धिक, भावनात्मक तथा नैतिक सम्बन्धी विकासमा अभिवृद्धि गर्ने उद्देश्य लिई पाठ्यक्रममा आधारित शिक्षामा मात्र सिमित नरही जीवनोपयोगी सीपहरुको विकास गर्नमा अगाडि बढाउन हामी निरन्तर लागि रहने छौँ ।
यस विद्यालयमा लामो समयसम्म अनुभवीप्राप्त शिक्षक स्टापले विद्यार्थीहरु शिक्षण सिकाईमा मात्र केन्द्रित नभै दैनिक जीवनमा प्रयोगहुने मार्गदर्शक प्रेरणा दिनुका साथै उनीहरुको प्रतिभा उजागर गर्ने काम गरिरहेका छन् । अभिभावकहरुको सहकार्य, शिक्षकहरुको लगनशीलता र विद्यालर्थीहरुको निरन्तर मेहनत हाम्रो सफलताको मूलआधार हो ।
हाम्रो विद्यालयको दृष्टिकोण शिक्षालाई केवल ज्ञान प्राप्तिको माध्यम नभई एउटा जीवन जिउने कला सिकाउने साधनको रुपमा बुझ्नु हो । विद्यार्थीहरुलाई सिर्जनशील जिम्मेवार, अनुशासित र सामाजिक रुपमा नागरिक बनाउन चाहन्छौ, जसले भविष्यमा राष्ट्र निर्माणमा योगदान दिन सकून् ।
अन्त्यमा,
म सबैलाई धन्यबाद दिन चाहन्छु, जसले विद्यालयको प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान दिदै आउनु भएको छ । आगामी दिनहरुमा पनि यहाँहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस विद्यालयको हितमा कार्य गर्न विभिन्न माध्यमबाट हामी तपाईहरुको निरन्तर साथ, सुझाब र विश्वासको अपेक्षा गर्दछौ ।
धन्यबाद ।।