सरोकारवाला सबैमा हार्दिक नमस्कार ।
शिक्षालाई मानवजीवनको मेरुढण्डको रुपमा लिइन्छ । यसै सन्दर्भमा हाम्रो विद्यालयले गुणस्तरीय, समावेशी र नैतिक शिक्षाको माध्यमबाट विद्यार्थीहरुलाई उज्ज्वल भबिष्य निर्माण तर्फ अग्रसर गराउदै आएको छ । हामीले विद्यार्थी संगै अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरुको सहयोगमा समग्र शैक्षिक वातावरणलाई श्रमसुदृढ बनाउन निरन्तर प्रयास गरिरहने छौ ।
विद्यालय व्यवस्थापन समितिको तर्फबाट म विद्यालयको समग्र प्रगति, शैक्षिक गुणस्तर तथा विद्यार्थीको सर्वाङगीण विकासका लागि रहेका सम्पूर्ण शिक्षक, कर्मचारी, अभिभावक, शुभेच्छुक तथा सरोकारवालाहरुप्रति आभार प्रकट गर्दछु ।
भविष्यमा पनि हामी सबैको सहकार्य र एकताको भावना मार्फत विद्यालयलाई अझ उत्कृष्ट विद्यालयका रुपमा विकास गर्नमा निरन्तर अगाडि बढने छौ ।
धन्यवाद।।