श्री प्रेम ब. स्याडा - प्रधानाध्यापकMr. Prem B. Syada - Principal
आदरणीय अभिभावक, विद्यार्थी/पूर्व विद्यार्थी, शिक्षकवर्ग तथा शुभचिन्तकज्यूहरु नमस्कार । सुनकुडा माध्यमिक विद्यालय परिवारको तर्फबाट यहाँहरु जो जहाँ भए पनि हार्दिक स्वागत गर्दछु ।हाम्रो विद्यालयले पनि वेवसाइटको तर्फबाट सरोकारवाला सबैलाई जोड्ने प्रयास गरेको छ । विद्यालयसित सम्बन्धित सूचना/कार्यक्रम/विज्ञापन/ जानकारी गरिने आधिकारिक वेभसाइट हो । हामी आधुनिक शिक्षण पद्धतिहरुको प्रयोग गरी विद्यार्थी वर्गको शैक्षिक बौद्धिक, भावनात्मक तथा नैतिक सम्बन्धी विकासमा अभिवृद्धि गर्ने उद्देश्य लिई पाठ्यक्रममा आधारित शिक्षामा मात्र सिमित नरही जीवनोपयोगी सीपहरुको विकास गर्नमा अगाडि बढाउन हामी निरन्तर लागि रहने छौँ । यस विद्यालयमा लामो समयसम्म अनुभवीप्राप्त शिक्षक स्टापले विद्यार्थीहरु शिक्षण सिकाईमा मात्र केन्द्रित नभै दैनिक जीवनमा प्रयोगहुने मार्गदर्शक प्रेरणा दिनुका साथै उनीहरुको प्रतिभा उजागर गर्ने काम गरिरहेका छन् । अभिभावकहरुको सहकार्य, शिक्षकहरुको लगनशीलता र विद्यालर्थीहरुको निरन्तर मेहनत हाम्रो सफलताको मूलआधार हो । हाम्रो विद्यालयको दृष्टिकोण शिक्षालाई केवल ज्ञान प्राप्तिको माध्यम नभई एउटा जीवन जिउने कला सिकाउने साधनको रुपमा बुझ्नु हो । विद्यार्थीहरुलाई सिर्जनशील जिम्मेवार, अनुशासित र सामाजिक रुपमा नागरिक बनाउन चाहन्छौ, जसले भविष्यमा राष्ट्र निर्माणमा योगदान दिन सकून् । अन्त्यमा, म सबैलाई धन्यबाद दिन चाहन्छु, जसले विद्यालयको प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान दिदै आउनु भएको छ । आगामी दिनहरुमा पनि यहाँहरुले प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस विद्यालयको हितमा कार्य गर्न विभिन्न माध्यमबाट हामी तपाईहरुको निरन्तर साथ, सुझाब र विश्वासको अपेक्षा गर्दछौ । धन्यबाद
Respected Parents, Students/Alumni, Teachers, and Well‑wishers, greetings! On behalf of the Sunakuda Secondary School family, I extend a heartfelt welcome to all of you, wherever you may be.
Our school has launched its official website to connect with all stakeholders. This website serves as the authentic platform for sharing school‑related information, programs, notices, and updates.
We are committed to enhancing students’ intellectual, emotional, and moral development through modern teaching methods. Our focus is not limited to curriculum‑based learning alone; we continuously strive to equip students with life‑oriented skills. Experienced teachers and staff members dedicate themselves not only to classroom teaching but also to guiding students with practical inspiration and helping them discover their talents.
The cooperation of parents, the dedication of teachers, and the continuous hard work of students form the foundation of our success. Our vision is to understand education not merely as a means of acquiring knowledge, but as a way of learning the art of living. We aim to nurture students into creative, responsible, disciplined, and socially conscious citizens who can contribute to nation‑building in the future.
Finally, I would like to express sincere gratitude to everyone who has played a vital role in the progress and prosperity of our school. We look forward to your continued support, suggestions, and trust in the days ahead, whether directly or indirectly, for the welfare of Sunakuda Secondary School.
Thank you.
